Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक महिना पैदल हिंडेर काठमाडौं आएका बोहोराले भेट्न पाएनन् प्रधानमन्त्री

एक महिना पैदल हिंडेर काठमाडौं आएका बोहोराले भेट्न पाएनन् प्रधानमन्त्री


  • 2.5K
    Shares

    • images
    एक महिना पैदल हिंडेर काठमाडौं आएका बोहोराले भेट्न पाएनन् प्रधानमन्त्री

    काठमाडौं ।  ३१ दिन पैदल यात्रा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न संघीय राजधानी काठमाडौं आएका सुर्खेतका नवराज बोहोराले प्रधानमन्त्रीसँग भेट गर्न पाएनन्।

    मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइएको थियो।

    त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम् मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । त्यहाँ पनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। उनले मुख्य सचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएका प्रहरीले जनाएको छ।

    सिंहदरबारमा सचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो। अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए। उनी कर्णालीका मुद्दाहरु एवम् अनियमितताका विषयहरु लिएर काठमाडौं आएका हुन्।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १५:१८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij