Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

नेपाल एयरलाइन्सको सर्भर ‘ह्याक’ गरेर काटियो टिकट

नेपाल एयरलाइन्सको सर्भर ‘ह्याक’ गरेर काटियो टिकट


  • 883
    Shares

    • images
    नेपाल एयरलाइन्सको सर्भर ‘ह्याक’ गरेर काटियो टिकट

    काठमाडौं । नेपाल एयरलाइन्सको ‘सिस्टम ह्याक’ गरी अनधिकृत रूपमा टिकट काटेको खुलेको छ । यही जुन १४ मा काठमाडौं हुँदै बैंकक गएको नेपाल एयरलाइन्सको एउटा टिकट ह्याक गरेर काटिएको खुलेको हो ।

    सिस्टम ह्याक गरेर टिकट काटेको खुलेपछि एयरलाइन्सले प्रहरीलाई खबर गरेको थियो । ह्याक गरेर काटेको टिकटबाट बैंकक जान लागेका यात्रीलाई पक्राउ गर्न प्रहरी विमानस्थल पनि पुगेको थियो । तर, टिकट काटिएका व्यक्ति नै विमानस्थल पुगेनन् । र, बैंकक पनि गएनन् । अरू यात्रीसहित विमान उडेको थियो ।

    एयरलाइन्सको टर्कीमा रहेको सर्भरमा नै ह्याकर समूहले ‘अप्रोच’ पुर्‍याएर टिकट काटेको खुलेको छ । त्यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत चासो राखेर अनुसन्धान थालेको छ ।

    एक प्रहरी अधिकारीले  भने, ‘‘यो एउटा टिकट मात्रै काटेको घटना हो । तर, यसको मकसद ठूलो हुनसक्छ । हामी अनुसन्धान गर्दै छौँ । यो ठूलो चुनौती हुनसक्छ ।’’

    प्रहरी अधिकारीका अनुसार, नेपाल एयरलाइन्सकै टिकट काट्ने एजेन्टको ‘कोड’ प्रयोग गरेर त्यस्तो कार्य गरेको देखिएको छ । नेपाल एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १४:५९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij