Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

रास्वपाले निरन्तर सदन अवरोध गरेपछि गृहमन्त्रीसँग सभामुखले गरे छलफल

रास्वपाले निरन्तर सदन अवरोध गरेपछि गृहमन्त्रीसँग सभामुखले गरे छलफल


  • 2.4K
    Shares

    रास्वपाले निरन्तर सदन अवरोध गरेपछि गृहमन्त्रीसँग सभामुखले गरे छलफल
    images

    काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर रास्वपाले निरन्तर सदन अवरोध गरेपछि सभामुखले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सदन बस्नुअघि सभामुख र गृहमन्त्रीबीच भेटपार्ता भएको हो ।

    रास्वपाले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएको निरन्तर अवरोध गर्दै आइरहेको छ ।

    भेटमा माओवादीसँग भएको २ बुँदे सहमति कार्यान्वयन, रास्वपाको माग लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ । त्यसपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल चलिरहेको छ ।

    १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । रास्वपाले छानबिन समिति बनाउन सरकार तयार भए आन्दोलनबाट फिर्ता हुने संकेत देखाएको छ।

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १४:२६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij