Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटना: ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका खत्री

तीनकुने घटना: ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका खत्री


  • 2.2K
    Shares

    • images
    तीनकुने घटना:  ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका खत्री

    काठमाडौं । चैत १५ गते राजावादी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएकी उदयपुरको चौदण्डीगढी–६ की रेबिका खत्री ८० औँ दिनमा  सोमबार डिस्चार्ज भएकी छन् । 

    रेबिकालाई सोमबार साँझ टिचिङ शिक्षण अस्पतालले डिस्चार्ज गरेको उनकी दिदी अनिताले जानकारी दिइन् ।

    तीनकुनेस्थित कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययन गरी रहेकी रेबिकालाई कोटेश्वरस्थित भाटभटेनी विपरीत बाटोमा प्रहरीले चलाएको गोली लागेको थियो । 

    उनलाई सोही दिन बानेश्वरस्थित सिभिल अस्पताल लगिएको थियो भने सिभिलले गत जेठ ११ गते टिचिङमा रेफर गरेको थियो ।

    रेबिकालाई अस्पतालले डिस्चार्ज गरेकोमा अझैं हिँड्न भने नसक्ने र बेड रेस्टमै रहेको दिदी अनिताले जानकारी दिइन् । अनिताकाअनुसार अस्पतालको बिल सरकारले ब्यहोरेकोमा उपचारका क्रममा भएको अन्य खर्च भने राज्यले अझैं भुक्तान गरेको छैन । 

     

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १३:१८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij