Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक

गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक


  • 2.0K
    Shares

    • images
    गौशालाकी उपप्रमुखलाई कार्यालय प्रवेशमा रोक

    काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणु कुशवाहालाई कार्यालय प्रवेशमा रोक लगाइएको छ।

    नगरप्रमुख डा। दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई आज मंगलबार कार्यालय प्रवेशमा रोक लगाएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् ।

    गेटमा ताला लगाइएको छ भने उपप्रमुख महतो गेटबाहिर बसिरहेकी छन् । ताला लगाएका नगर प्रहरीहरू भने गेटमा देखिँदैनन् । नगरप्रमुख महतोको निर्देशनमा नगर प्रहरीले गेटमा तालाबन्दी गरेर उपप्रमुखलाई प्रवेशमा रोकेको बताइएको छ ।

    उपप्रमुख महतोले नगरप्रमुखको निर्देशनमा आफूलाई गेटमा रोकिएको बताइन् । उनले आफू पनि जनताबाट निर्वाचित भएर आएको तर गुण्डागर्दी शैलीमा नगरप्रमुखले कार्यालय प्रवेश गर्न रोक लगाएको बताएकी छन् ।

     

     

     

    प्रकाशित मिति :आषाढ ३ २०८२ मंगलवार - १२:४९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij