Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आज निषेधाज्ञाको पहिलो दिन, काठमाडौं भित्रनेभन्दा बाहिरिनेको चाप

आज निषेधाज्ञाको पहिलो दिन, काठमाडौं भित्रनेभन्दा बाहिरिनेको चाप


  • 5.4K
    Shares

    आज निषेधाज्ञाको पहिलो दिन, काठमाडौं भित्रनेभन्दा बाहिरिनेको चाप

    काठमाडौं । निषेधाज्ञाको पहिलो दिन आन्तरिक उडान निरन्तर रुपमा भइरहेको छ । स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर उडान निरन्तर भइहरेको यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

    उनका अनुसार बिहीबारका यती एयरलाइन्सको ५४ वटा उडान हुनेछ । काठमाडौंबाट बाहिर जान २७ र काठमाडौं भित्रिन २७ उडान हुने उनले बताए । अहिलेसम्मको उडानमा काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढी रहेको उनले बताए ।

    “काठमाडौंबाट बाहिरिँदा अकुपेन्सी ९० प्रतिशतसम्म छ । तर, काठमाडौं भित्रिने यात्रुको संख्या निकै कम छ,” उनले भने ।

    यता, बुद्ध एयरका बिक्री तथा बजार निर्देशक रुपेश जोशीले बिहीबारसम्म यात्रुको संख्या ठिकै भए पनि भोलिबाट कम हुन सक्ने बताए । “आजसम्म त अकुपेन्सी दर ८५र९० प्रतिशत छ । यो पनि काठमाडौंबाट बाहिरिनेको हो । काठमाडौं आउनेको संख्या निकै कम छ,” उनले भने ।

    यात्रुको संख्या कम भएकाले शुक्रबार उडान संख्या घटाउने तयारी गरिएको उनले बताए । बिहीबारका लागि बुद्धले काठमाडौंबाट जाने–आउने गरी सयवटा उडान गर्दै छ ।

    प्रकाशित मिति :बैशाख १६ २०७८ बिहिवार - १३:१९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij