Logo

२०८२ कार्तिक १२ गते बुधवार

२०८२ कार्तिक १२ गते बुधवार

सभामुखले रोकेनन् बैठक, रास्वपाले गर्‍यो वेल घेराउ, राप्रपाले बहिष्कार

सभामुखले रोकेनन् बैठक, रास्वपाले गर्‍यो वेल घेराउ, राप्रपाले बहिष्कार


  • 3.3K
    Shares

    सभामुखले रोकेनन् बैठक, रास्वपाले गर्‍यो वेल घेराउ,  राप्रपाले बहिष्कार
    images

    काठमाडौं । विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् ।

    सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए ।

    लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । यदि बैठक सन्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।

    लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए ।  परियारले पनि बैठक जबर्जस्ती सन्चालन नगर्न माग गरे ।

    तर सभामुख रोकिएनन् । उनले बजेटमाथिको छलफलका लागि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका छन् ।

    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १२:०५:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij