२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वीरगन्जको सानोपाइला सहकारीबाट सदस्य बनेको भोलिपल्टै डेढ करोड रुपैयाँ ऋण लिएको पाइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा दायर गरेको मुद्दाको अभियोग पत्रमा यस्तो उल्लेख गरिएको हो ।
यसअघि लामिछानेले सरकारी ठगी प्रकरणमा प्रहरी समक्ष आफू ५ वर्ष सञ्चारकर्ममा रहँदा कहीँकतै शेयरलगानी तथा ऋण लगानी नगरेको इन्कारी बयान दिएका थिए । गितेन्द्रबाबु (जीबी) राई र छविलाल जोशीबिचको सहकार्य र सम्बन्धबारे आफूलाई जानकारी नभएको पनि उनको भनाइ थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij