Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

एशियन लाइफको माबिलुङ इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति

एशियन लाइफको माबिलुङ इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति


  • 2.4K
    Shares

    एशियन लाइफको माबिलुङ इनर्जीले पायो आइपीओ जारी गर्ने अनुमति

    काठमाडौं ।  एशियन लाइफ इन्स्योरेन्स प्रवर्द्धक रहेको जलविद्युत उत्पादक कम्पनी, माबिलुङ इनर्जीले आइपीओ निष्कासन  गर्न अनुमति पाएको छ। बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

    नेपाल धितोपत्र बोर्डले माबिलुङ इनर्जीलाई आइपीओ ल्याउने अनुमति दिएको हो । कम्पनीले चुक्ता पूँजी ४८.९९९८ प्रतिशतले हुन आउने गरी आइपीओ निष्कासन गर्न अनुमति पाएको छ।

    आइपीओ निष्काशन प्रयोजनका लागि जुन २०२४ मा गरिएको वित्तीय सबलता मूल्याङ्कनमा माबिलुङ एनर्जीले इक्रा एनपी आइआर रेटिङ्गको पुनः पुष्टी गरिएको थियो।

    अब कम्पनीले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्ने भएको छ भने कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १८ लाख ९० हजार ५३० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको छ।

    आइपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँ पुग्ने भएको छ। 

     

    images
    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १०:४८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij