Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको ‘शंकास्पद’ शव फेला, कुकुर पनि मरेको भेटियो

काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको ‘शंकास्पद’ शव फेला, कुकुर पनि मरेको भेटियो


  • 3.0K
    Shares

    • images
    काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको ‘शंकास्पद’ शव फेला, कुकुर पनि मरेको भेटियो

    काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव फेला परेको छ।

    बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र पुरूष, महिला र एउटा कुकुर मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

    उनका अनुसार शुक्रबार राति पौने १० बजेतिर शव फेला परेको थियो। मृतक पञ्जाब चन्डिगढका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन्। अन्जना धादिङ गल्छी गाउँपालिका-६ घर भई हाल सोही घरमा काम गरी बस्ने गर्थिन्।

    साढे दुई तलाको घरको पहिलो तलामा रहेको एउटा कोठा परम नारायणले भाडामा लिएका थिए। परम नारायण पेसाले वेडिङ फोटोग्राफर समेत रहेको प्रहरी स्रोतले बतायो। उनले नेपाली महिलासँग विवाह गरेका थिए। टर्की बस्ने ती महिला घटना पछि फर्किसकेका छन्।

    अबेर राति शव फेला परेको खबरपछि प्रहरी वृत्त महाराजगन्जबाट प्रहरीको टोली खटिएको थियो। प्रहरीका अनुसार कोठा भित्रबाट बन्द थियो। प्रहरी ढोका फोडेर प्रवेश गरेको थियो। प्रहरीले राति २ बजेसम्म घटनास्थलमा मुचुल्का गरी अनुसन्धान गरेको थियो।

    कोठाभित्र अन्जना र परम नारायण दुबै जना मृत अवस्थामा भेटिएका थिए। अन्जनाको शव सोफामा फेला परेको थियो। उनको टाउकोमा चोट देखिएको थियो।

    परम नारायण गिल सोही कोठाको भुइँमा मृत फेला परेका थिए। उनको भने शरीरमा कुनै पनि चोट देखिएको थिएन। नजिकै एउटा ह्याम्मर पनि फेला परेको थियो।

    ‘मृतकको शव नजिकै एउटा विषादीको बट्टा पनि फेला परेको छ। हत्यापछि आत्महत्या गरेको हुनसक्ने देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘प्रहरीले ढोका पनि पछि फोडेर खोलेको र कुकुरलाई पनि विषादी खुवाएको हुनसक्ने देखिन्छ।’

    प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - १३:३६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij