Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

ट्रेड टावरको आइपीओ बाँडफाँड सम्पन्न, नतिजा यसरी हेर्न सकिन्छ

ट्रेड टावरको आइपीओ बाँडफाँड सम्पन्न, नतिजा यसरी हेर्न सकिन्छ


  • 2.0K
    Shares

    • images
    ट्रेड टावरको आइपीओ बाँडफाँड सम्पन्न, नतिजा यसरी हेर्न सकिन्छ

    काठमाडौं ।  ट्रेड टावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड  सम्पन्न भएको छ । तर, आइपीओको नतिजा भने केही समयपछि मात्रै हेर्न मिल्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ । 

    होटल क्रिस्टल पशुपति, गौशाला, काठमाडौंमा आईपीओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले जेठ १४ गतेदेखि जेठ २० गतेसम्म आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ३२ लाख ९६ हजार ५ सय ५ दशमलव १९ कित्ता सेयर निष्काशन गरेको थियो ।

    नतिजा सार्वजनिक भएपछि बिक्रि प्रबन्धक सनराईज क्यापिटलको वेबसाइट https://lscapital.com.np/ipo  सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login , सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ । 

    मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमा ३ लाख २९ हजार ६५० जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता शेयर पाएका छन्। बाँकी सदर आवेदकमध्ये १७ लाख २९ हजार ७३८ आवेदकको हात खाली भएको छ।

     

     

     

     

    प्रकाशित मिति :आषाढ १ २०८२ आइतवार - ०९:५३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij