Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

घरमै मृत अवस्थामा भेटिए १३ वर्षीय बालक

घरमै मृत अवस्थामा भेटिए १३ वर्षीय बालक


  • 2.5K
    Shares

    घरमै मृत अवस्थामा भेटिए १३ वर्षीय बालक

    कञ्चनपुरमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन्। भीमदत्त नगरपालिका ३ तिलकपुरका १३ वर्षीय सुदर्शन डगौरा घरमै शुक्रबार मृत अवस्थामा भेटिएका हुन्।

    जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार दिउँसो घर आँगनमा बालकलाई छिमेकीले सुतेको अवस्थामा भेटाएका थिए। 

    शुक्रबार विद्यालय नगएका ती बालक बिउझाउँदा नउठेपछि प्रहरीलाई खबर गरिएको थियो। ती बालकको घरमा आमा मात्रै छिन्। ती पनि मानसिक अस्वस्थ र बोल्न नसक्ने छिन्। मजदुरी गर्ने बुवा बिहीबारदेखि घर आएका छैनन्।

    तीन दाइ पनि घरमा छैनन्। कामको शिलशिलामा बाहिर छन्। 

    अहिले पोष्टमार्टमका लागि शव महाकाली प्रादेशिक अस्पताल ल्याइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १८:५३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij