Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

१० मिनेटले फ्लाइट छुट्दा बाँचेकी भाग्यमानी भूमि चौहान

१० मिनेटले फ्लाइट छुट्दा बाँचेकी भाग्यमानी भूमि चौहान


  • 1.6K
    Shares

    • images
    १० मिनेटले फ्लाइट छुट्दा बाँचेकी भाग्यमानी भूमि चौहान

     काठमाडौं ।  भूमि चौहान बिहीबार दिउँसो उडान छुटेकोमा निराश थिइन्। ट्राफिक जामले गर्दा एयरपोर्ट पुग्न पाँच मिनेट ढिलो भयो। जसकारण ३० वर्षीया भूमिले लण्डनको फ्लाइट छुट्यो।

    तर, त्यसको केही समयपछि निराश भएकी उनी आभारी भइन्। खासमा उनले छुटाएको प्लेन लन्डन जाँदै गरेको एयर इन्डियाको त्यही विमान थियो, जुन अहमदाबादबाट उडेको  केही समयपछि नै दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा विमानमा सवार २४१ जनाको मृत्यु भयो। र, एक जना मात्रै बाँचे।

    उडानका लागि भूमि गुजरातको आफ्नो गृहनगर अंकलेश्वरबाट सडकमार्गबाट ​​आउँदै थिइन्। तर, ट्राफिक जामले गर्दा एयरपोर्टमा १०  मिनेट ढिलो पुगिन् उनी। ढिलो भएपछि उनले अनलाइनबाट उडानको लागि चेक इन गरिन्। तर, उनलाई उडानमा चढ्न दिइएन।

    ‘हामी समयमै अहमदाबाद पुग्यौँ तर शहरमा ट्राफिकका कारण म पाँच मिनेट ढिलो विमानस्थल पुगेँ। बोर्डिङ प्रक्रिया सकिएको थियो। तर, विमान चढन दिइएनँ’, उनले बीबीसी हिन्दीसँग भनेकी छन्,  ‘मैले उनीहरूलाई धेरै बिन्ती गरेँ, भनेँ कि म मेरो जागिर र टिकटको पैसा पनि गुमाउन सक्छु, तर कसैले सुनेनन्। मैले टिकटको पैसा फिर्ताको लागि पनि भने, तर उनीहरूले अस्वीकार गरे।’

    बेलायतमा पढ्ने भूमि त्यहाँ पार्ट टाइम काम समेत गर्थिन। तर, बिहेको दुइवर्षपछि उनी अंकलेश्वरमा रहेको घरमा फर्किएकी थिइन्। जहाँ उनी डेढमहिना बसेर हिजो बेलायत फर्किँन लागेकी थिइन्। 

    भूमिका अनुसार प्लेन मिस हुँदा सुरुमा निकै धेरै दुःख लागेको थियो। टिकटको पैसासहित जागिर गुमाउनेमा उनी चिन्तित थिइन्। प्लेन छुटेपछि भूमि विमानस्थलबाट निस्किइन्। र, फर्कने क्रममा उनी चिया पिउँदै थिइन्। त्यसैबखत उनलाई विमान दुर्घटना भएको खबर थाहा भयो।

    ‘हामी चिया पिउन रोकिएका थियौँ। हाम्रो ट्राभल एजेन्टसँग कसरी पैसा फिर्ता पाउने भनेर छलफल गरिरहेका थियौँ। त्यसपछि अंकलेश्वरबाट हामीलाई फोन आयो कि म यात्रा गर्न लागेको विमान दुर्घटनाग्रस्त भएको छ।’

    यतिखेर ज्यान बच्दा उनी विमान छुटेकोमा निकै आभारी छिन्। ‘हामी तुरुन्तै मन्दिर गयौँ र ईश्वरलाई धन्यवाद दियौँ। अहमदाबादको ट्राफिकले मेरो ज्यान बचायो,’ बीबीसी हिन्दीसँग उनले भनिन्। 

    लन्डन जाँदै गरेको बोइङ ७८७र८ विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडियन नागरिक सवार थिए। गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि यात्रुहरूमा थिए। विमान दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। साथै, मृत्यु हुनेको कुल संख्या पनि पुष्टि भएको छैन।

    तर, स्थानीय प्रहरी प्रमुखले जम्मा २०४ शव निकालिएको बताएका छन्। यद्यपि, यी शवको पहिचान भने हुन सकेको छैन। प्रहरीले दुर्घटनामा एक बेलायती नागरिक बाँचेको पनि जानकारी दिएको छ। 

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १३:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij