Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि खुल्यो

हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि खुल्यो


  • 2.0K
    Shares

    • images
    हिम स्टार ऊर्जा कम्पनीको आईपीओ आजदेखि खुल्यो

    काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आज (जेठ ३० गते) देखि आईपीओ निष्काशन गर्दै छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल रहेको छ । 

    पहिलो चरणको आईपीओ बाँडफाँट भएपछि मात्रै सर्वसाधारणका लागि खुल्ने छ भने कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो ।

    जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।

    प्रभावित र वैदेशिक रोजगारमा रहेकाले न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छ ।

    आयोजना प्रभावितका रुपमा ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ८, साविक भुसिङ्गा गाविसका सम्पूर्ण वडा र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका वडा नम्बर २, साविक गोली गाविस वडा नम्बर १, २, ३, ४, ५ का स्थानिय बासिन्दा पर्दछन् ।

    आयोजना प्रभावित क्षेत्रका बासिन्दाले छिटोमा असार १३ गतेसम्म तथा ढिलोमा असार २९ सम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेकाले असार १३ सम्म आवेदन दिन सक्नेछन् ।

    प्रभावित स्थानीयले सिटिजन्स बैंकका लिखुपिके शाखा, खिजिदेम्बा गाउँपालिका ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु जिल्ला लिखुपिके गाउँपालिका– २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

    यसको कुल लागत १ अर्ब २३ करोड ८५ लाख ३६ हजार १३५ रुपैयाँ तथा प्रतिमेगावाट लागत २४ करोड ७७ लाख ७ हजार ३८७ रुपैयाँ छ ।

    वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणााली मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन्  भने कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सीमामा बग्ने बुकु कापटी खोलाबाट ५ मेगावाट क्षमताको आयोजना सञ्चालन गरेको छ ।

     

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - १०:५३:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij