Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने, हेर्नुहोस् सूचना

मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने, हेर्नुहोस् सूचना


  • 1.4K
    Shares

    • images
    मलेखु–मुग्लिन सडकखण्ड आजदेखि साढे ५ घण्टा बन्द हुने, हेर्नुहोस् सूचना

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आजदेखि असार ७ गतेसम्म रातिको समयमा बन्द हुने भएको छ । जेठ ३० गतेदेखि राति १०ः३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन बन्द हुने भएको हो ।

    मलेखु–मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकाले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

    डीएसपी हमालका अनुसार निर्माणाधीन ऊक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको त्रेन प्रयोग गर्नुपर्ने भएकाले सवारीसाधन बन्द गर्नुपरेको हो ।

    सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिन र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिने छ । यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिने छ ।

    ती स्थानमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने सूचनामा उल्लेख छ ।

    हेर्नुहोस् सूचना–

    traffic-police-noticed.png

    प्रकाशित मिति :जेठ ३० २०८२ शुक्रवार - ०७:५२:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij