२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । तीनकुनेमा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक अन्तिम चरणमा पुगेको छ ।
बिहीबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिलहरूले जवाफ दिँदै छन् । प्रतिवादी तर्फका कानुन व्यवसायीहरूले बहसमा उठाएको विषयहरूमा काठमाडौंका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार जनाले जवाफ दिँदैछन् ।
आज दुार्गा प्रसाईं को तर्फबाट पनि वरिष्ठ अधिवक्ताहरू रमन श्रेष्ठ, डा।सुरेन्द्र भण्डारी, टंक दुलाल, डा।भीमार्जुन आचार्य, बालकृष्ण न्यौपाने, सुशील पन्त, लवकुमार मैनाली, अधिवक्ता दीपेन्द्र झा, रेनुकादेवी सिटौला, दिवस खड्गी, लवान न्यौपाने र अधिवक्ता मनिष पाण्डेले बहस गरेका थिए ।
सरकारी वकिलले जवाफ दिएपछि प्रतिवादीहरूलाई थुनामा पठाउने वा रिहा गर्ने भन्ने आदेश आउँछ । काठमाडौं जिल्ला अदालतका न्यायाधिश ध्रुवराज कार्कीको इजलासमा थुनछेक जारी छ । राज्यविरुद्ध र ज्यानसम्बन्धी कसुरका ५० जना प्रतिवादीहरूमध्ये प्रसाईंसहित ३९ जना थुनामा छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij