Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

यस्ता छन् लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने पक्षहरू

यस्ता छन् लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने पक्षहरू


  • 12.9K
    Shares

    यस्ता छन् लोकसेवा तयारी गर्दा ध्यान दिनुपर्ने पक्षहरू
    images

    - जुन तह र सेवाका लागि तयारी गर्न चाहेको हो, त्यससँग सम्बन्धित विषयवस्तु, परिभाषा, उक्त विषयको आयाम, सन्दर्भ विश्लेषण र सबल तथा र दुर्बल पक्ष राम्रोसँग पढ्नुपर्छ ।

    - हरेक विषयको सिद्धान्त र क्षेत्रका बारेमा गहिरो जानकारी हुनुपर्छ ।

    - सम्बन्धित विषयमा काम गरिसकेका, व्यावहारिक रूपमा जानकार र अवकाशप्राप्त कर्मचारी वा व्यक्तिले  लेखेका पुस्तक एवं लेखहरू नियमित पढ्नुपर्छ । 

    - नोट वा तयारी पुस्तकमा रहेका सामग्री रट्ने वा हुबहु लेख्ने गर्नु हुँदैन । 

    - विषयलाई राम्रोसँग बुझ्ने, उक्त विषयमा आफ्नो धारणा बनाउने र आफैँ विश्लेषण गरेर लेख्नुपर्छ । लेख्दा भाषा जतिसक्दो सरल बनाउन कोसिस गर्नुपर्छ । 

    - हरेक विषयलाई उत्तिकै ध्यान दिनुपर्छ । बढीभन्दा बढी ज्ञान हासिल गर्नुपर्छ ।

    -तयारी कक्षा लिइरहेकाहरूले कक्षामा पढेका कुरा घरमा गएर  दोहो‍र्याएर पढ्नुपर्छ । लोकसेवा परीक्षाको    तयारी गरिरहेका विद्यार्थीले एक वर्ष वा ६ महिना राम्रोसँग पढ्दा पास गर्न सजिलो हुन्छ ।

    - तयारीका क्रममा इन्टरनेटको जतिसक्दो धेरै प्रयोग गर्नुपर्छ । आफूले अध्ययन गरिरहेको विषयवस्तुमा नयाँ तथ्यांक वा मत अपडेट भयो कि भन्नेमा विशेष ध्यान दिनुपर्छ ।

    - सुशासन ऐन, सूचनाको हकसम्बन्धी ऐन, निजामती सेवा ऐन, नियमावली, स्थानीय सरकारी सञ्चालन ऐन,  वित्तीय व्यवस्थापन ऐनजस्ता विविध व्यावहारिक पक्षको अध्ययन गरिनुपर्छ ।

    - बुझेर पढ्नुपर्छ, तनावमुक्त र एकत्रित भएर पढ्नुपर्छ । कम्तीमा दैनिक तीन घन्टा लोकसेवाकै तयारी गर्नुपर्छ । 

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १४:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij