Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान

भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान


  • 1.1K
    Shares

    • images
    भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्नसके प्रत्येक वर्ष ६ खर्ब कमाउन सकिन्छ : कुलमान

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सके नेपालले प्रत्येक वर्ष कम्तिमा ६ खर्ब कमाउने बताएका छन् ।

     घिसिङले भने सर्लाहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भारतमा १० हजार मेगावाट बिजुली निर्यात गर्न सक्यौं भने करिब–करिब ६ खर्बदेखि ७ खर्ब पैसा कमाउने छ प्रत्येक वर्ष । त्यो भनेको हाम्रो ४५/५० खर्ब जीडीपीको १५/२० प्रतिशत रकम हाम्रो विद्युत् निर्यातबाट मात्र हुने छ ।’

    पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र घिसिङ कार्यकारी निर्देशक पदमा रहेका बेला भएको भारत भ्रमणमा भारतलाई १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको थियो ।

    घिसिङले नेपालमा जलविद्युत्बाट यातायात क्षेक्रमा ठूलो त्रान्ति ल्याएको पनि बताए । ‘ट्रान्सपोर्टेसनमा ठूलो क्रान्ति आएको छ त्यो विद्युत् भएर हो,’ घिसिङले भने, ‘लोडसेडिङ भएको भए आज इलेक्ट्रिकल भेइकल, चार्जिङ स्टेसनको नाम पनि देख्न सकिन्नथ्यो । तर अहिले टोटल गाडीमा अब १० प्रतिशत इलेक्ट्रिकल गाडी आइसक्यो ।’

    उनले अब धेरै ठाउँमा खाना पकाउने ग्याँस र पेट्रोल डिजेल प्रतिस्थापन गर्नुपर्ने बताए । त्यसो गर्न सकिए व्यापार घाटा कम हुने उनको भनाइ छ ।

    प्रकाशित मिति :जेठ २९ २०८२ बिहिवार - ०९:५२:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij