Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

रोल्पामा भीषण आगलागी : ५० घर-गोठ जले, अझै ३० घर जोखिममा

रोल्पामा भीषण आगलागी : ५० घर-गोठ जले, अझै ३० घर जोखिममा


  • 6.7K
    Shares

    रोल्पामा भीषण आगलागी : ५० घर-गोठ जले, अझै ३० घर जोखिममा

    रोल्पा । रोल्पामा आगलागी हुँदा एउटा गाउँ नै ध्वस्त भएको छ । मंगलबार साँझ सामुदायिक वनमा अचनाक लागेको आगोले त्रिवेणी गाउँपालिका वडा २ को पिराले ध्वस्त भएको हो ।

    आगलागीबाट ५० भन्दा बढी घर र गोठ जलेको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारबाट सामुदायिक वनमा आगो लागेको थियो । उक्त आगो निभाउन नसक्दा मंगलबार दिउसो बस्तीमा पसेको हो ।

    आगलागीबाट १२ गाइवस्तुसहित २० भन्दा बढी चौपाय, अन्न, लत्ता-कपडा सबै जलेको प्रशासकीय अधिकृत केसीले बताउनुभयो । जंगलमा चराउन लगिएका कतिपय गाई-गोरु भने जलेको छ । यद्यपि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । क्षतिको एकिन विवरण आउन अझै बाँकी रहेको छ ।

    सामुदायिक वनमा फैलिएको आगो अझै नियन्त्रणमा आउन नसकेको र अझैँ २५ घर आगलागीबाट जोगाउन नसकीने उहाँले बताउनुभयो । ‘अझै दुई तीन वटा गाउँ जोखिममै छन् । अहिले आगो नियन्त्रणमा आउन नसके ती घरहरू जोगिन्न, त्यहाँ झण्डै ३० जति घरहरू छन् ।’

    मंगलबार राति आगो केही नियन्त्रणामा आएपनि अहिले पुन: सो क्षेत्रमा ठूलो आगालागी भइरहेको उहाँको भनाइ छ । अहिले टुनिखोला सामुदायिक वन, मुलाबारी सामुदायिक वन, रामपुर सामुादायिक वन, सल्लेरीडाँडा सामुदायिक वन र ठाडो लेख सामुदायिक वन क्षेत्रमा आगो फैलिसकेको उहाँले जानकारी दिनुभयो ।

    अझै आगो नियन्त्रणको प्रयास भइरहेको उहाँले बताउनुभयो । आगो नियनन्त्रणमा लिनका लागि स्थानीय, प्रहरी, जनप्रतिनिधि निरन्तर खटिरहेको बताइएको छ । आगलागीबारे जिल्ला प्रशासन कार्यालयलाई पनि जानकारी गराइसकेको प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

    आगलागीबाट ४० परीवार भन्दा बढी घरविहीन भएका छन् । उनीहरुलाई अहिले गाउँपालिकाले चाउचाउ चिउराको व्यवस्था गरेर सहयोग गरेको छ । अन्य सहयोग भने आज गरिने अधिकृत केसीको भनाइ छ ।

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १४:२६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij