२०८२ चैत्र २ गते सोमवार
सत्तारुढ नेकपा एमाले निकट अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु हुँदैछ।
कीर्तिपुरमा जारी २४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।
यसअघि बुधबार राति ८ बजेदेखि मतदानको कार्यतालिका तय गरिएको थियो। तर, तयारी नपुगेको भन्दै निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय आजका लागि सारेको हो।
अनेरास्ववियुको अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन्। महासचिवमा ३ जनाको उम्मेदवारी परेको छ। जसमा दीपक धामी, आरके रोमस र सुनिल कंडेलले उम्मेदवारी दिएका छन्।
त्यस्तै उपाध्यक्षमा उपाध्यक्ष खुल्ला एक पदका लागि ५ जना, उपाध्क्ष महिला १ पदका लागि ४ जना, उपमहासचिव १ पदका लागि ३ जना र सचिव ४ पदका लागि ३६ जनाको उम्मदेवारी परेको निर्वाचन कमिटीले जनाएको छ।
सम्मेलनबाट १५१ सदस्यीय केन्द्रीय कमिटी बनाइने छ। त्यस्तै विभिन्न आयोगमा पदाधिकारी र सदस्य समेत निर्वाचित हुनेछन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij