२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० सांसद सोविता गौतमले भिजिट भिसा प्रकरणमा आफूहरूले उठाएका विषयलाई निष्कर्षमा पुर्याइ छाड्ने स्पष्ट पारेकी छन् ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले भिजिट भिसा प्रकरण देशकै लागि निकै गम्भीर रहेकाले आफूहरूले उठाएका विषयलाई निष्कर्षमा नपुर्याइ नछाड्ने स्पष्ट पारेकी हुन् ।
उनले यसमा राष्ट्रिय सहमति खोज्नका लागि नै रास्वपाले पाँच बुँदे ड्राफ्ट तयार पारेर छलफलमा लगेपनि सत्तारुढ दलले नमानेको बताइन् । माओवादीले ल्याएको ड्राफ्ट आफूहरूको सरोकारको विषय नभएको भन्दै उनले आफूहरू पाँच बुँदे ड्राफ्टमा अडिक रहेको बताइन् ।
उनले रास्वपाले सदन अवरुद्ध गरेको नभई जनताको मुद्दा समाधान गर्नका लागि बाटो खोजिरहेको समेत बताइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij