Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

असई माथि कुटपिट गर्ने तीन जना पक्राउ

असई माथि कुटपिट गर्ने तीन जना पक्राउ


  • 1.9K
    Shares

    • images
    असई माथि कुटपिट गर्ने तीन जना पक्राउ

    काठमाडौं । कञ्चनपुरमा नेपाल प्रहरीका असई माथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    जिल्लाको बेलौरी नगरपालिका–८ स्थित पचुइ प्रहरी चौकीका इन्चार्ज असई वीरबहादुर चन्द माथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो । 

    जेठ २१ गते दिउँसो असई चन्दमाथि सो क्षेत्रका स्थानीय १०–१५ जनाको समूहले लछारपछार गर्दै कुटपिट गरेको भिडियो मङ्गलवार मात्रै सार्वजनिक भएको थियो । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डिएसपी० सागर बोहराका अनुसार, असई चन्दमाथि कुटपिट गर्नै बेलौरी नगरपालिका–८ का राहुल राना, कलीराम चौधरी र दुम्ली चौधरीलाई नियन्त्रणमा लिइएको हो । उनीहरूमाथि अभद्र व्यवहारको मुद्दा चलाइने डिएसपी बोहराले बताए ।

    भारतबाट लुकाई छिपाई स्थानीयले मल  खाद ल्याउन खोजेपछि प्रहरीले रोक्न खोज्दा झडपको स्थिति सृजना भएको स्थानीय पदम रानाले बताउनुभयो । रोपाई नजिकिँदै गर्दा यहाँका किसानहरू अझै मल खादका लागि भारतको भर पर्दै आएको उहाँले बताउनुभयो ।

    मल खाद नल्याउन प्रहरीले सम्झाउन खोज्दा स्थानीयहरूको समूहले असई चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १७:३१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij