२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । ग्वार्को फ्लाइओभर कालोपत्र भइरहेको छ। आवश्यक संरचना निर्माण सकिएपछि जेठ दोस्रो सातादेखि कालोपत्रको काम थालिएको थियो। फ्लाइओभर जेठ मसान्तसम्म सञ्चालनका लागि तयार पार्ने लक्ष्य थियो।
तर, बीच-बीचमा वर्षाका कारण काम बिथोलिएका कारण केही समय लम्बिन सक्ने सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए।
असारको केही दिन लाग्न सक्ने देखियो। वर्षाले नबिथोलिए चाँडै नै सकिन्थ्यो, उनले भने। उनका अनुसार अहिले कालोपत्रे र रंगरोगनको काम चलिरहेको छ।
कोटेश्वरतर्फ कालोपत्र सकेर रंगरोगनको काम भइरहेको छ। सातदोबाटोतर्फको खण्डमा भने कालोपत्रे नै बाँकी छ। त्यहाँ कालोपत्रेको काम भइरहेको उनले बताए।
कुल ४५५ मिटरको लम्बाइ हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दायाँतर्फ र ११० मिटर बायाँतर्फ र्याम्प निर्माण हुनेछ।
फ्लाइओभर निर्माण काम आशिष-समानान्तर जेभीले गर्दै आएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij