२०८२ चैत्र १ गते आइतवार
काठमाडौं । भोलिदेखि उपत्यकामा हुने निषेधाज्ञामा पत्रकारहरूले आफूले काम गरेको सम्बन्धित कार्यालयबाट जारी भएको परिचयपत्र बोकेर आवतजावत गर्न पाउने भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार अत्यावश्यक सेवाका रूपमा पत्रकार र सञ्चारकर्मी तथा सम्बद्ध मिडियामा कार्यरत कर्मचारीका लागि सञ्चारगृहबाट जारी परिचयपत्र बोकेर हिँडेमा आवागमन तथा हिँड्डुलमा रोक लगाइने छैन ।
‘निषेधाज्ञाको समयमा आवागमन गर्ने सञ्चारकर्मी र मिडियाका हाउसका कर्मचारीहरूलाई सूचना विभागबाट जारी परिचयपत्र बाहेक पनि सम्बन्धित सञ्चारगृहबाट जारी परिचयपत्रका आधारमा आवागमन गर्न दिइनेछु उनले भने ।
आवतजावत गर्न पाइने भन्दैमा कामबिना तथा अनावश्यक रूपमा ओहोरदोहोर नगर्न पनि उनको सुझाव छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij