Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पहिलो चरणको जोखिम भत्ता नपाउँदै फेरि ‘फ्रन्टलाइन’मा खटिए प्रहरी र सशस्त्र

पहिलो चरणको जोखिम भत्ता नपाउँदै फेरि ‘फ्रन्टलाइन’मा खटिए प्रहरी र सशस्त्र


  • 5.0K
    Shares

    पहिलो चरणको  जोखिम भत्ता नपाउँदै फेरि ‘फ्रन्टलाइन’मा खटिए प्रहरी र सशस्त्र

    काठमाडौं । पहिलो चरणको जोखिम र प्रोत्साहन भत्ता नपाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल फेरि दोस्रो चरणको महामारीमा ‘फ्रन्टलाइन’मा खटिएका छन् । यसअघि, सरकारले महामारीमा खटिएका १०% लाई मात्रै जोखिम भत्ता दिने बताएपछि प्रहरी र सशस्त्रले भत्ता नलिएका हुन ।

    सरकारले गत वर्ष चैत ११ गतेबाटै लागु हुने गरी कोरोना संक्रमितको उपचार, प्रयोगशाला, बिरामी ओसारपसार, सुरक्षा व्यवस्थापन र प्रतिकार्य योजना लागु गर्न खटिने राष्ट्रसेवकलाई भत्ता दिने निर्णय गरेको थियो । निर्णय गर्दा फ्रन्टलाइनमा खटिएका सबैले कामको प्रकृति हेरेर भत्ता दिने बताइए पनि पछि १०% लाई मात्र दिन सकिने जनाएको थियो ।

    भत्ता दिने निर्णय गरेपछि सुरक्षाकर्मी उत्साहित थिए । लामो समयसम्म भत्ता नदिएको सरकारले पछि लकडाउनको चार महिनाको अवधिको भत्ता दिने र त्यो पनि १०%ले मात्रै पाउने निर्णय गरेको थियो ।

    प्रहरी र सशस्त्रका अधिकारीहरु भन्छन्, “सुरुमा सबैले पाउने निर्णय गरियो । पछि १०%लाई मात्रै भन्दा पठाइसकेको नाम हामीले कसरी हटाउने ? भत्ताका लागि जागिर गरेका होइनौँ । तर, दिने भनेपछि भनेको पूरा गर्नुपर्‍यो नि । १०% भनेर हामीले कसलाई दिने, कसलाई नदिने ? त्यसैले नलिने भनेका हौँ ।”

    मन्त्रिपरिषद्ले दैनिक ३०० रुपैयाँदेखि जोखिमको अवस्था हेरेर तलब बराबरकै रकम जोखिम भत्तास्वरुप दिने निर्णय गरेको थियो । प्रहरी प्रधान कार्यालयले ५१ हजारको विवरण भत्ताका लागि पठाएको थियो । प्रहरीमा आठ हजारको हाराहारीमा कोरोना संक्रमित भएका थिए । जसमध्ये ६ जनाले ज्यानसमेत गुमाएका थिए ।

    सशस्त्र प्रहरीले पनि कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा फ्रन्टलाइनमा खटिँदै आएका ३१ हजारको विवरण गृह मन्त्रालयमा पठाएको थियो ।

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १३:०२:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij