२०८२ भाद्र १ गते आइतवार
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेकाले होसियारी अपनाउन सुझाव दिएको छ।
महाशाखाले आज (बुधबार) बिहान साढे ६ बजेतिर चेतावनी जारी गर्दै भनेको छ: हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकास भई यी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। त्यसैले आवश्यक सतर्कता अपनाउनुहोला।
हेर्नुहोस् सूचना-
यसअघि मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
यस्तै राति पनि देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij