Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

भिमसेनथापा गाउँपालिकाद्वारा मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग

भिमसेनथापा गाउँपालिकाद्वारा मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग


  • 1.4K
    Shares

    • images
    भिमसेनथापा गाउँपालिकाद्वारा मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग

    गोरखा । गोरखाको भिमसेनथापा गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । पालिकाले गत शुक्रबार एक कार्यक्रम बिच आश्रम सञ्चालकहरुलाई सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको अध्यक्ष लोकप्रसाद बन्जाराले जानकारी दिए ।

    आश्रमले गोरखा सदरमुकाममा आयोजना गरेको ‘सार्थक साझेदारी यात्रा–२०८२’ को कार्यक्रममा चेक हस्तान्तरण गरेको आश्रमका अभिभावक परिवारका संयोजक शित्तलकाजी मास्केले बताए ।

    पालिकाले आश्रममा आश्रित बालबालिकाहरुको दैनिक भोजनका लागी उक्त रकम उपलब्ध गराएको हो । उपलब्ध गराएको रकम पूर्व उप–प्रधानमन्त्री तथा गृहमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठमार्फत आश्रमलाई पालिकाका अध्यक्ष बन्जाराले हस्तान्तरण गरेको थियो ।

    हस्तान्तरण कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी र अधिकृत रुलबहादुर आले समेत उपस्थिती रहेको थियो । गाउँपालिकाले यस अघि पनि आश्रममा आश्रित बालबालिकाहरुको दैनिक उपभोग्य बस्तुको लागी आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकिय अधिकृत अधिकारीले बताए ।

    आश्रममा हाल विभिन्न जिल्लाका ४२ जना बालबालिकाहरु आश्रित रहेको सञ्चालिका संभावना मानव सेवाले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०६:५६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij