Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आत्महत्या गर्छु भन्दै सोलुको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको हेलिकप्टरबाट उद्दार

आत्महत्या गर्छु भन्दै सोलुको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको हेलिकप्टरबाट उद्दार


  • 2.5K
    Shares

    • images
    आत्महत्या गर्छु भन्दै सोलुको गोक्यो ताल पुगेका  एक चिनियाँ पर्यटकको हेलिकप्टरबाट उद्दार

    काठमाडौं । जन्मदिनको दिन आत्महत्या गर्छु’ भन्दै सोलुखुम्बुस्थित करिब ५ हजार मिटर उचाइमा रहेको गोक्यो ताल पुगेका एक चिनियाँ पर्यटकको नेपाल प्रहरीले उद्दार (रेस्क्यु) गरेको छ ।

    नेपाल प्रहरीको पर्यटक प्रहरी, भृकुटीमण्डपबाट गएको टोलीले ती चिनियाँ नागरिकलाई सकुशल उद्धार गरेको हो । छेई हुवाङ नाम गरेका ३६ वर्षीय चिनियाँ पर्यटकको प्रहरीले मंगलबार बिहान उद्धार गरेको हो ।

    काठमाडौंस्थित चिनियाँ दूतावासले पर्यटक प्रहरीलाई खबर गर्दै हुवाङलाई उद्धार गर्न भनेको थियो । दूतावाससँगै पेम्बा शेर्पा नाम गरेका व्यक्तिले पनि प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए ।

    हुवाङले ११ जुनका दिन आफ्नो ३६ औं जन्मदिनमा गोक्यो तालमा आत्महत्या गर्ने भन्दै सामाजिक सञ्जालमा एक पोस्ट गरेका थिए । त्यसपछि चीनमा रहेका परिवारले उनको अवस्थाबारे जानकारी पाएका थिए । परिवारले नै काठमाडौंस्थित चिनियाँ दूतावासमा खबर गरेर उद्धार गरिदिन भनेका थिए ।

    त्यसपछि दूतावासले पर्यटक प्रहरीलाई खबर गरेको थियो । प्रहरी स्रोतका अनुसार उद्धारका लागि नेपाल प्रहरीलाई दूतावासले नै हाई अल्टिच्युडको हेलिकप्टरको व्यवस्था गरिदिएको थियो ।प्रहरी घटनास्थल पुग्दा उनलाई गोक्योको ‘टंक इन होटल’का सञ्चालकले सम्झाउँदै राखेका थिए । तर उद्धार गर्न गएको प्रहरीले भन्दा पनि उनी आउन मानेनन् ।

    गोक्यो तालमा भोलि जन्मदिनको अवसरमा आत्महत्या गर्ने आफ्नो योजना रहेको उनले प्रहरीलाई बताएका थिए । प्रहरी स्रोतका अनुसार करिब आधा घण्टासम्म सम्झाएपछि बल्ल हुवाङ काठमाडौं आउन तयार भएका थिए ।

    हेलिकप्टरमार्फत अहिले उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको छ । पर्यटक प्रहरी भृकुटीमण्डपमा रहेका उनलाई अब दूतावासको जिम्मा लगाउने तयारी भएको प्रहरीले बताएको छ ।

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १३:५९:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij