Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

त्रिवि उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जना पक्राउ

त्रिवि उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जना पक्राउ


  • 2.0K
    Shares

    • images
    त्रिवि उपकुलपतिको सचिवालय तोडफोड गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दिक्पाल कार्की रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको एसएसपी अधिकारीले बताए ।

    उनीसहित नेपाल विद्यार्थी संघ ९नेविसंघ०को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालबन्दी गरेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा उनी पक्राउ परेका हुन् ।

    स्नातक पहिलो वर्षको भर्ना खुलाउन माग गर्दै काठमाडौं उपत्यकाका विभिन्न क्याम्पसका नेविसंघबाट निर्वाचित भएका स्ववियुका विद्यार्थी नेता उपकुलपति कार्यालय गएका थिए । उपकुलपति केसी कार्यकक्षमा नभएको समयमा तोडफोड भएको थियो ।

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १३:४५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij