Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १४ महिनाको आयात धान्ने

२५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति, साढे १४ महिनाको आयात धान्ने


  • 1.6K
    Shares

    २५ खर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति,  साढे १४ महिनाको आयात धान्ने

    काठमाडौं । नेपालको विदेशी मुद्राको सञ्चिति २५ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार वैशाख मसान्तसम्म कुल सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको हो । 

    चैत महिनाको अन्त्यसम्म यस्तो सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रहेको थियो ।

    रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक सुधार हुँदा यो महिना विदेशी विनिमय सञ्चिति बढेको छ । वैशाख महिनामा मात्रै १ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख रहेको छ । 

    यो अवधिमा कुल रेमिट्यान्स रकम १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा रहेको छ । 

    विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त पुग्ने देखिन्छ ।

     

     

    images
    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - ११:१७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij