Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ


  • 5.9K
    Shares

    त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ

    काठमाडौं । अवैध रुपमा ल्याउँदै गरेको सुनसहित एक जना पक्राउ परेका छन । अवैध रुपमा ल्याउँदै गरेको करिब ८ सय १२ ग्राम सुन जस्तो देखिने धातु सहित मोरङ स्थायी वतन भएका सुरेश कुमार शर्मालाई मंगलवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    जजिरा एयरलाइन्सको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स-रे मा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ्ग फ्यान तथा साउण्ड स्पिकरभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त धातु सहित फेला पारी पक्राउ गरेको हो ।

    यो बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - १२:३५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij