२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री कार्यालयले गृह र सामान्य प्रशासन मन्त्रालयलाई कारबाहीको चेतावनीसहित पत्र पठाएको छ ।
प्रधानमन्त्री कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीहरुलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह मन्त्रालय र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।
दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नामसहितको विवरण समेत प्रधानमन्त्री कार्यालयले माग गरेको छ । उक्त निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत प्रधानमन्त्री कार्यालयले दिएको छ ।
प्रधानमन्त्री कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई र गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी जेठ २१ गते चेतावनीयुक्त पत्र पठाएको र कानुन विपरीत दरबन्दीभन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij