Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल भेटियो

सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल भेटियो


  • 9.0K
    Shares

    सूर्यभन्दा तीन गुणा ठूलो तर सबैभन्दा सानो ब्ल्याक होल भेटियो
    images

    खगोलविद्ले पृथ्वीको सबैभन्दा नजिकको एउटा ब्ल्याक होल खोजेका छन् । यो सानो ब्ल्याक होल पृथ्वीबाट करिब १५०० प्रकाश वर्ष टाढा छ ।  यसलाई युनिकर्न (Unicorn) नाम दिइएको छ ।

    यो  ब्ल्याक होल मोनोसेरोस  (Monoceros)  तारामण्डलमा  स्थित छ । यसको द्रव्यमान सूर्यभन्दा तीन गुना बढी छ । खोज टिमका टिम लिडर थरिङ्डु जयसिङ्घेका अनुसार यो एकदमै अनौठो भएकोले यसको नाम युनिकर्न राखिएको हो ।

    आहायो स्टेट युनिभर्सिटीका एस्ट्रोनोमीका विद्यार्थी जयसिङ्घेका अनुसार यो ब्ल्याक होलको साथमा एउटा रातो तारा पनि छ । यो ताराको जीवन समाप्त हुँदैछ । यस तारालाई  दुई भिन्न उपकरणले अवलोकन गरिएको थियो । यसको  डेटासेटको विश्लेषण गर्दा टिमले ताराको प्रकाशमा कमी आएको  देखेको थियो  ।

    यसबाट कुनै अब्जेक्टले गर्दा  यसको आकार बदलिन्छ भन्ने निष्कर्ष आयो  । ताराको गति तथा प्रकाशका आएको कमीका कारण टिमले यो अब्जेक्ट ब्ल्याक होल  हो भन्ने नतिजा निकालेको छ ।

    लाइभ साइन्सको रिर्पोटका अनुसार यो अहिलेसम्मको यो दुई  क्वासर (Quasars) को सबैभन्दा पुरानो अब्जर्भेसन हो । अहिलेसम्म सयभन्दा धेरै 'डबल  क्वासर'  खोजि गरिसकिएको छ । यो सबै भन्दा  पुरानो मानिएको छ  । यसै अनुसन्धानमा १० अरब वर्ष पुरानो अर्को एउटा 'डबल क्वासर' को 'डिटेक्सन' गरिएको कुरा पनि गरिएको छ । युनिभर्सिटी अफ इलियाइका लिड रिसर्चर यु सेनका अनुसार ब्रम्हाण्डमा हरेक एक हजार क्वासरमा एउटा डबल क्वासर  हुने गर्छ । यसकारण यस खोजीलाई  बालुवामा सियो भेटिए झैं मानिएको छ ।

    यस खोजको लागि वैज्ञानिकले टाढा ब्रम्हाण्डमा फोकस गरेका थिए । दश अरब वर्ष पहिले तिव्रताका साथ तारा बन्ने गर्थे । त्यतिबेला  अब्जेक्ट्समा विलय अत्यधिक हुने गर्दथ्यो । यसरी विलय पछि निस्कने  पदार्थ ग्यालेक्सीको केन्द्रमा हुने ब्ल्याक होलमा समाहित हुने गर्थ्यो । यस म्याटरलाई खाएर ब्ल्याक होलबाट रेडिएशन निक्लने गर्दथ्यो । र, यसै प्रक्रियाले क्वासर बन्ने गर्थ्यो । यसको चमक ग्यालेक्सी भन्दा पनि बढी हुन्छ ।

    प्रकाशित मिति :बैशाख १५ २०७८ बुधवार - ११:५७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij