२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भिजिट भिसा प्रकरणमा दलहरू सहमतिको प्रयासमा छन् ।
दलहरू आज पनि भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको सदनको गतिरोध अन्त्यका लागि छलफलमा जुटेका छन्। सत्तापक्ष र विपक्षी दलबीच छानबिन समिति बनाउन समझदारी भने भइसकेको छ। तर सहमतिको भाषा के गर्ने भन्नेमा कुरा मिलेको छैन ।
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्दै छ । त्यस अगाडि सहमतिको प्रयास हुने माओवादीका प्रमुख सचेतक हितराज पाण्डे बताएका छन् ।
दलहरू बहुपक्षीय र दुई पक्षीय छलफलमा छन् । नेताहरूका अनुसार सहमतिको मस्यौदामा सहमति खोजिँदै छ ।
सत्तापक्षले सहमतिको मस्यौदा बनाउने जिम्मेवारी लिएको छ । सत्तापक्षले ल्याएको मस्यौदाको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सघाउने उल्लेख रहेको छ ।
साथै, दोस्रो बुँदामा अख्तियारले अनुसन्धान सकाएपछि ‘समग्रतामा हेर्न आवश्यक संयन्त्र व्यवस्था गर्ने’ भनिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij