Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बेपत्ता भएका ४३ वर्षीय श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा भेटियो

बेपत्ता भएका ४३ वर्षीय श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा भेटियो


  • 1.8K
    Shares

    • images
    बेपत्ता भएका ४३ वर्षीय श्रेष्ठको शव बेगनास तालको ३५ फिट गहिराइमा भेटियो

    काठमाडौं । पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक पुरुषको शव ३५ फिट गहिराइबाट निकालिएको छ।

    गोरखा जिल्लाको मनकामनाका ४३ वर्षीय राजेश श्रेष्ठ जेठ २५ गते साँझ साढे ७ बजे तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको गोताखोर टोलीले सोमबार बिहान १० बजे बेपत्ता श्रेष्ठको शव फेला पारेको छ।

    उक्त टोलीले करिब ३५ फिट गहिराइमा खोजी गर्दै श्रेष्ठको शव निकाल्न सफल भएको सशस्त्र प्रहरीले जानकारी दिएका छन् । 

     

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - ११:०८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij