२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आइतबार साँझ पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक व्यक्तिको गोताखोरले खोजी सुरु गरेको छ।
तालमा पौडी खेल्ने क्रममा गोरखाको सहिद लखन गाउँपालिका- ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका छन्।
श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपछि खोजतलासको लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोर सहितको टोली परिचालन भएको छ।
गोताखोरसहितको सशस्त्र प्रहरी टोलीले श्रेष्ठको खोजी गरिरहेको सशस्त्र प्रहरीको प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij