२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको छलफल जारी छ। सदनको गतिरोध अन्त्यका विषयमा सत्तारुढ दल र विपक्षी दलहरूले सदन खुलाउने विषयमा छलफल गरेलगत्तै सभामुखले छलफलमा बोलाएका हुन्।
छलफलमा सत्तारुढ दलका मुख्यसचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलगायत छन्।
तर सदन खुलाउने विषयमा सहमति नजुटेको नेताहरूले बताएका छन्। सहमति नभए पनि केहीबेरमा संसद् बैठक बस्दैछ। आजको बैठकमा पनि विपक्षी दलले अवरोध गर्ने जनाएका छन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षीले उच्चस्तरीय समिति गठनको माग गर्दै आएका छन्। सत्तापक्षले भने यसमा सहमति जनाएका छैनन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij