Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सुन्धारामा ट्राफिकले सर्वसाधारण कुटेको घटना

सुन्धारा पुलमुनि सर्वसाधारणलाई कुटपिट गर्ने सईसहित ४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाइयो

सुन्धारा पुलमुनि सर्वसाधारणलाई कुटपिट गर्ने सईसहित ४ जनालाई ट्राफिकको जिम्मेवारीबाट हटाइयो


  • 2.8K
    Shares

    • images
    सुन्धारा पुलमुनि सर्वसाधारणलाई कुटपिट गर्ने सईसहित ४ जनालाई ट्राफिकको जिम्मेवारीबाट  हटाइयो

    काठमाडौं । सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने ट्राफिक प्रहरीका नायव निरीक्षक (सई) सहित ४ जनालाई कारबाही गरिएको छ । २०८१ मङ्सिर २३ मा सुन्धारास्थित आकाशे पुलमुनि भएको घटना २०८२ वैशाख ११ मा बाहिरिएको थियो ।

    कुटपिटमा संलग्न सई ईश्वर महर्जनसहित ४ जनालाई ट्राफिक प्रहरीमा काम गर्न ‘अयोग्य’ भएको निर्णय गरिएको छ । उनीहरूलाई साधारण समूहतर्फ रूपान्तरण गरेर सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगन्जमा सरुवा गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

    यसअघि उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाबाट तानेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गरेको थियो । छानबिनको क्रममा उनीहरूले चेकजाँच गर्दा मोटरसाइकलमा ठुलो परिमाणमा कपडा बोकेर हिँडेका पीडितले थुकेपछि सो घटना भएको बयान दिएका थिए ।

    गौशालामा कपडा पसल सञ्चालन गर्ने पीडितको मोटरसाइकलमा चेकजाँच गदा साँचो नदेखेपछि सोधपुछ गरेको र कपडा धेरै बोक्न नमिल्ने भनेपछि आफूलाई थुकेको चेक जाँचमा संलग्न ट्राफिक प्रहरीले बयान दिएका हुन् । कुटपिटमा संलग्न जवान सहित घटनास्थलमा देखिएका ४ जनालाई  ट्राफिकको ड्युटी गर्न ‘अनफिट’ भनिएको छ । 

    कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि  सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘राज्य आतङ्क’ भनेर त्यसलाई शेयर गर्दै त्यसबारे प्रतिक्रिया गरेका थिए । पीडितले आफ्नो एउटा हातको लिगामेन्टमा समस्या भएको बताएपछि कुटपिटमा संलग्नहरूले उनको उपचार गरिदिएका छन् ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १७:०४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij