Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल

बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल


  • 1.8K
    Shares

    • images
    बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल

    काठमाडौं। राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल भएको छ । शनिबार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा।बाबुराम भट्टराईले सरोकारवाला एवं विज्ञहरूसँग छलफल गरेका हुन् ।

    आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले बुढीगण्डकी बहुउद्देश्यीय परियोजनालाई निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने भन्ने नीति लिएसँगै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले गोरखा र धादिङका सरोकारवाला एवं विज्ञहरूसँग छलफल गरेका हुन् । 

    छलफलमा परियोजनालाई लिएर सरकारको आलोचना गरिएको छ । अझै व्यापक रूपमा परामर्श गरेर आवश्यक कदम चाल्ने विषयमा समझदारी भएको डा।भट्टराईले बताए । 

    उनले  सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना तुहाउँदै लगिएको सन्दर्भमा त्यसलाई बचाउन र शीघ्र कार्यान्वयन गराउन  आवश्यक  पहल गर्नेबारे गोरखा र धादिङका सरोकारवालाहरू र सम्बन्धित विज्ञहरूसँग परामर्श गरियो,अझै व्यापक रूपमा परामर्श गरेर आवश्यक कदम चाल्ने समझदारी भएको छ ।’ 

    सरकारले नयाँ आर्थिक वर्षको बजेटमार्फत बुढीगण्डकी परियोजनालाई ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर लेखिएको भन्दै भट्टराईले आपत्ति जनाएका छन् । 

    सरकारले ल्याएको बजेटमा उक्त विषय उल्लेख गरिएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परियोजनाको हत्या गरिएको बताएका थिए ।

    dr-bhattrai.jpg

    अध्यक्ष भट्टराईले राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न आग्रह समेत गरेका छन् । 

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १५:४१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij