Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि तानिए, २३ जनालाई चलाइएन मुद्दा

निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि तानिए, २३ जनालाई चलाइएन मुद्दा


  • 2.4K
    Shares

    • images
    निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल पनि तानिए,  २३ जनालाई चलाइएन मुद्दा

    काठमाडौं । नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने कार्यमा मिलेमतो गरी भ्रष्टाचार गरेको आरोपमा नेपाल दूरसञ्चार प्राधिकरणकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी, निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरेको छ । 

    नेपाल दूरसञ्चार कम्पनी र चिनियाँ कम्पनी एसिया इन्फो लिंकेजबिच भएको ठेक्का सम्झौतामा ३३ करोड ४८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    टेलिकमले प्रदान गरी रहेको जीएसएम मोबाइल, फाइबर, इन्टरनेट, लिज्ड लाइन, वाइरलाइन र वायरलेस आदि दूरसञ्चार सम्बन्धी सेवाहरूको बिलिङ विभिन्न प्लेटफर्मबाट विद्युतीय माध्यमबाट सञ्चालन भई रहेको प्रणालीलाई एउटै प्लेटफर्ममा एकीकृत गर्ने रियल९टाइम बिलिङका लागि उक्त ठेक्का सम्झौता भएको थियो । 

    सम्झौतामा बदनियत राखी वार्षिक ५ प्रतिशत छुटसहितको एएमएस सेवा प्रावधान प्रतिकूल हुने गरी अस्वाभाविक रूपमा दुई करोड ५ लाख अमेरिकी डलर एएमएस सेवा खरिदको लागि सम्झौता गरेको आरोप उनीहरूमाथि छ । 

    १८ जनाविरुद्ध मुद्दा दायर गर्दा अख्तियारले यस प्रकरणमा अनुसन्धानमा तानिएका २३ जनालाई भने मुद्दा नचल्ने निर्णय गरेको छ। 

    त्यसैगरी तत्कालीन निर्देशक राधाकृष्ण ढुङ्गेल, तत्कालीन नायव प्रबन्ध निर्देशक मिनु प्रधान, तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धक हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुबोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मी, तत्कालीन उपप्रबन्धक मणिराज पौडेल, सुदिपराज घिमिरे र सरोज प्रधान, सन्तोष भण्डारी मुद्दा नचल्ने निर्णय गरिएको छ ।

     

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १४:४७:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij