Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु

कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु


  • 1.3K
    Shares

    • images
    कैलालीमा अटो दुर्घटना, १० महिनाका बालकको मृत्यु

    काठमाडौं । कैलालीको भुरुवास्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा  १० महिनाका बालकको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका ईबी अटोरिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा सोही ठाउँका भरत साउँदका नाति आयुष साउँदको मृत्यु भएको हो।

    दुर्घटनापछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो तर चिकित्सकले साँझ करिब साढे चार बजे उनलाई मृत घोषित गरेका हुन्।

    उक्त अटोमा सवार लम्कीचुहा नगरपालिका–१ निवासी ४२ वर्षीय प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद घाइते भएका छन्। उनीहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १३:४२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij