Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आन्दोलन

निजामती कर्मचारीहरूले कालोपट्टी बाँधेर थाले देशव्यापी आन्दोलन

निजामती कर्मचारीहरूले कालोपट्टी बाँधेर थाले देशव्यापी आन्दोलन


  • 1.9K
    Shares

    • images
    निजामती कर्मचारीहरूले कालोपट्टी बाँधेर थाले देशव्यापी आन्दोलन

    काठमाडौं । निजामती कर्मचारीहरूले संघीय निजामती ऐन जारी गर्न दबाब दिँदै आजदेखि कालोपट्टी बाँधेर आन्दोलन थालेका छन् ।

    विभिन्न राजनीति दलनिकटका कर्मचारी ट्रेड युनियनहरूको सञ्जाल संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिको आव्हानमा कर्मचारीहरूले देशव्यापी आन्दोलन सुरू गरेका हुन् ।

    सञ्जालमा निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, मधेशी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन आवद्ध छन् ।

    कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन ल्याउन उनीहरूले विभिन्न माग अघि सारेका छन् । प्रस्तावित विधेयकका अमिल्दा र वृत्ति विकासमा असर पर्ने प्रावधान हटाएरमात्र पारित गर्न सरकार र प्रमुख दलहरूलाई कर्मचारी ट्रेड युनियनहरूले दबाब दिँदै आएका छन् ।

    विशेषगरी अतिरिक्त सचिवको पदावधि नतोकिएकोमा उनीहरुको असन्तुष्टि छ ।

    संघीय निजामती सेवा ऐनमा सीमित स्वार्थ समूह हावी हुँदा आम कर्मचारीले अपनत्व गर्न सक्ने ऐन आउन नसक्ने अवस्था देखिएकोले न्यूनतम मागहरूको सम्बोधन गर्न सरोकारवालाको ध्यानकर्षण गर्न थप आन्दोलनका कार्यक्रम अघि सारिएको निजामती कर्मचारी युनियनका सचिव झविन्द्र पोखरेलले बताएका छन् ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १२:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij