Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी

राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी


  • 1.4K
    Shares

    • images
    राजावादी आन्दोलनको नेतृत्वबाट सुवेदीलाई हटाउने तयारी

    काठमाडौं । राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई  पुनर्गठन गरिने भएको छ ।

    नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने उक्त समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए । राजसंस्थाको पक्षमा रहेका अन्य दलका नेताहरु समेत सहभागी गराएर समितिलाई पुनर्गठन गरिने नेपालले  बताए ।

    ‘कांग्रेस, एमाले, माओवादी, जनमुक्ति सेना, सीपी मैनालीहरु धेरै जनाले आउन चाहनु झएको छ । युवाले कार्यक्रम बनाएर त्रियाशील ढंगले आन्दोलन बढ्छ,’ नेपालले भने, ‘समितिको नेतृत्व अब युवाले गर्नेछन् । युवाहरुले बनाएको कार्यक्रम बुढाहरुले मान्नुपर्दछ । नमान्ने हो भने सल्लाहकारमा राखिन्छ ।’

    गत साता सुवेदी नेतृत्वको समितिको समीक्षा बैठकमा होहल्ला भएपछि राजावादीहरु निष्कृय भएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा बोल्दाबोल्दै होहल्ला भएपछि सुवेदीले बैठक स्थगित गरेका थिए ।

    थापा पक्षले बैठक कक्षमा पत्रकारहरुलाई प्रवेश गराएको र सवालजवाफ हुँदा त्यहीकारण बैठक पनि बिथोलिएको आरोप कतिपय राजावादी नेताहरुले लगाएका छन् । नेपाल भन्छन्, ‘बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको बीचमा गरेर भताभुङ्ग पारे । जनभावनालाई तुहाउन प्रयास गरे ।’

    राजावादी ४४ संगठनले गर्ने भनिएको अनिश्चितकालिन आन्दोलन बिचमै अलपत्र परेको छ । सामूहिक रुपमा आन्दोलन अघि बढ्न नसक्नुमा नेताहरुले एकअर्को पक्षलाई आरोप लगाउँदै आएका छन् ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १०:४८:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij