Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पक्राउ

एक भारतीय नागरिक नागढुंगाबाट सुनसहित पक्राउ

एक भारतीय नागरिक नागढुंगाबाट सुनसहित पक्राउ


  • 1.4K
    Shares

    • images
    एक भारतीय नागरिक नागढुंगाबाट सुनसहित  पक्राउ

    काठमाडौं । ४५ लाख बढी मूल्यको सुनसहित काठमाडौंको नागढुंगा चेक प्वाइन्टबाट भारतीय नागरिक पक्राउ परेका छन्।

    झापाको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३–००१–ख ३१३९ नम्बरको यात्रुबाहक बसमा सवार उनलाई जाँचका क्रममा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए। प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बसमा जाँच गरेको थियो ।

    पक्राउ परेका भारतीय नागरिक ३१ वर्षका महादेव सामन्तको साथमा २७.८३ ग्राम सुन बरामद भएको छ। थप अनुसन्धान एवम् कारबाहीका लागि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा पठाइएको छ। 

    उनको साथबाट बरामद सुनको मूल्य आजको दिनमा ४५ लाख ६३ हजार ८२६ रुपैयाँ पर्ने नेपाल रत्न तथा आभूषण संघले जनाएको छ।

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १२:२५:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij