२०८२ चैत्र १ गते आइतवार
गोरखा। गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ स्थित सोतीको अर्मला भन्ने ठाउँमा यात्रुवहाक जीप दुर्घटना परेको छ । आज बिहान करिब ८ बजे ग१ ज ७२६४ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब २ सय मिटर तल बुढीगण्डकी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थल तर्फ प्रहरी गईसकेको छ । जीपमा कति यात्रु छन् भन्ने बारेमा एकिन भइसकेको छैन । घटनाको बिस्तृत बिबरण भने प्राप्त हुन बाँकी रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij