Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्‍यो, दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता

वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्‍यो, दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता


  • 2.1K
    Shares

    • images
    वाईसीएलको निर्वाचन कार्यतालिका फेरि सर्‍यो, दिउँसो १ बजेदेखि उम्मेदवारी दर्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा दस्ता योङ कम्युनिस्ट लिग (वाईसीएल)को निर्वाचन तालिका फेरि परिवर्तन भएको छ । निर्वाचन समितिले यसअघि शुक्रबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म तय भएको कार्यतालिका परिवर्तन गरेर दिउँसो १  बजेदेखि उम्मेदवारी दर्ता सुरु गर्ने जनाएको छ । 

    परिवर्तित निर्वाचन कार्यतालिका अनुसार १ः१५ बजे उम्मेदवारी दरखास्त आह्वान गर्ने,  २ः४५ बजे उम्मेदवारको मनोनयन सूची प्रकाशन र दाबी विरोध आह्वानका साथै उम्मेदवारविरुद्ध उजुरी गर्ने समय दिएको छ । 

    यस्तै ३ः३० बजे उजुरी परेको सूचना प्रकाशन, ३ः४५ मा उजुरी उपर छानबिन र निर्णय गर्ने तथा अपराह्न ४ बजे उम्मेदवारको नामावली पुनः प्रकाशन गरिनेछ । यस्तै उम्मेदवारको अन्तिम नामावली ५ः२० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने समितिले जनाएको छ ।

    यसअघि समितिले बुधवार र बिहीबार दुई पटक निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो । सर्वसम्मतिबाट नै नेतृत्व चयनको प्रयास जारी रहेकाले कार्यतालिका प्रभावित भएको प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए । 

    ओलीका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष पदमा लगभग सहमति नजिक पुगिएको छ । वाईसीएलमा ३५ सदस्य पदाधिकारी रहेकोमा अध्यक्ष १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव ७, सचिव १७ र कोषाध्यक्ष १ रहने व्यवस्था छ ।

    502707452_673861085471538_4760823040618337198_n_5N9CIOE6sr.jpg

     

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १०:३८:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij