Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सप्तरीमा लुटपाट, घरधनीको गोली हानी हत्या

सप्तरीमा लुटपाट, घरधनीको गोली हानी हत्या


  • 2.2K
    Shares

    • images
    सप्तरीमा लुटपाट, घरधनीको गोली हानी हत्या

    जनकपुरधाम । सप्तरीको सुरुङ्गा नगरपालिका ८ मल्हनमा डाका समूहले लुटपाट गर्नुका साथै घरधनीको हत्या गरेका छन् ।

    डाका समूहले घरधनी कन्तलाल चौधरीको गोली हानी हत्या गरेका हुन् । डाकाहरुकै आक्रमणबाट कन्तलालका भाइ रमाकान्त चौधरी घाइते भएका छन् । चौधरीको उपचार अहिले सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विरेन्द्र यादवले राति १ करिब बजे ५/७ जनाको समूहमा रहेका डाकाहरुले कान्तालाल चौधरीको हत्या र उनको घरमा लुटपाट गरेको जानकारी दिए । उनका अनुसार डाकाहरुले धारिलो हतियार प्रहार गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

    चौधरीको घरबाट डाकाहरुले ५ तोला सुन, २ केजी चाँदी र नगद ६० हजार रुपैयाँ लुटेर लगेको पनि प्रहरी निरीक्षक यादवले बताए । उनले घटनाबारे थप अनुसन्धान र डाकाहरुको खोजी भइहरेको पनि बताए ।

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - ०७:४०:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij