२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गरी सदन अवरोध गर्दै आए पनि आज भने बैठक बसेको थियो।
तर बैठकमा विपक्षीले अवरोध जारी राखेपछि नियमित कार्यसूचीमा प्रवेश नगरी भोलि दिउँसो १ बजेसम्मलाई बैठक सरेको सूचना सभामुख देवराज घिमिरेले सुनाए।
आजको बैठक सुरु भएलगत्तै विपक्षी दलका नेताहरू उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए।
उनले दलीय आधारमा बोल्न दिने बताए पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदले उठेर विरोध जनाए।
ुसभामुखले सभा सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन अनुरोध गर्दछुु उनले भने। तर प्रतिपक्षी सांसदहरू भने उठेर विरोध जनाइरहेपछि बैठक भोलिसम्मलाई स्थगित भएको सूचना पढेर सुनाए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij