Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं महानगरका जनप्रतिनिधिमाथि कालोमोसो दल्ने अफवाह फैलिएपछि खटियो सशस्त्र प्रहरी बल

काठमाडौं महानगरका जनप्रतिनिधिमाथि कालोमोसो दल्ने अफवाह फैलिएपछि खटियो सशस्त्र प्रहरी बल


  • 3.0K
    Shares

    • images
    काठमाडौं महानगरका जनप्रतिनिधिमाथि कालोमोसो दल्ने अफवाह फैलिएपछि  खटियो सशस्त्र  प्रहरी बल

    काठमाडौं ।  काठमाडौं महानगरपालिकामा जनप्रतिनिधि उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि कालोमोसो दल्ने हल्ला चलेपछि सशस्त्र प्रहरी बल खटाइएको छ ।

    महानगरपालिकामा जनप्रतिनिधिमाथि कालो मोसो दल्ने हल्ला फैलिएपछि शान्ति सुरक्षाको लागि भन्दै सशस्त्र प्रहरी खटाइएको हो ।

    महानगरका प्रवक्ता नवीन मानन्धरले आफूले पनि कालोमोसो हल्ला सुनेको र सशस्त्र खटिएको बताएका छन् ।

    कालोमोसो दल्ने अफवाह फैलिएपछि काठमाडौं महानगरपालिकामा सशस्त्र खटिएको छ । महानगरका प्रवक्ता मानन्धरका अनुसार उपमेयर र प्रशासकीय अधिकृत दुबै कार्यालयमा छैनन् ।

    उपमेयर डंगोल एक कार्यक्रममा सहभागी हुन विराटनगर गएकी छन् भने प्रशासकीय अधिकृतको मोवाइल अफ  रहेको मानन्धरले बताएका छन् ।

     

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १४:५७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij