Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा वाइवा हेडक्वार्टर तानिइन्, यस्तो छ कारण

इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा वाइवा हेडक्वार्टर तानिइन्, यस्तो छ कारण


  • 4.8K
    Shares

    • images
    इलाका प्रहरी कार्यालय  सिमराकी डीएसपी शुभद्रा वाइवा हेडक्वार्टर तानिइन्,  यस्तो छ कारण

    काठमाडौं । बाराको इलाका प्रहरी कार्यालय, सिमराकी इन्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) शुभद्रा वाइवामाथि छानविन सुरु भएको छ। 

    उनलाई प्रहरी प्रधान कार्यालय तानेर हेडक्वार्टरने छानविन थालेको हो। वाइवालाई हेडक्वाटर तानेपछि सिमराको इन्चार्जमा मोरङमा कार्यरत डीएसपी वेद जोशीलाई जिम्मेवारी दिइएको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले बताए। 

    वाइवा गएको पुसमा सिमरा सरुवा भएकी थिइन्। जितपुर सिमरा उपमहानगरपालिकाले तेलको कुपन कम दिएको भन्दे विवाद गरेको उजुरी परेपछि हेडक्वार्टरले उनीमाथि छानविन थालेको हो।

    यस्तो छ कारण :

    इलाका प्रहरी कार्यालयको ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति उनले उपमहानगरपालिकाबाट सय लिटरका दरले ४० दिनभित्र तीन पटक डिजल र पेट्रोलको कुपन लिएकी थिइन् ।

    १८ गते २० लिटर डिजल र १० लिटर पेट्रोलको कुपन दिइएपछि प्रशासकीय अधिकृत प्रसाईँकै अगाडि डीएसपी वाइवाले कुपन च्यातेकी थिइन् ।

    उनले वैशाख १० र ३१ गते सय लिटरका दरले उपमहानगरबाट कुपन लिएकी थिइन् । जबकि उपमहानगरले महिनामा सय लिटर इन्धन मात्रै दिने गरेको थियो । जेठ १८ मा थोरैको कुपन दिएकी भनी वाइवाले विवाद गरेकी थिइन् ।

    डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरपालिकाले बाराका सीडीओ वसन्त अधिकारीलाई लिखित जानकारी गराएको थियो । सोही आधारमा प्रहरी प्रधान कार्यालयले छानबिन गरेको हो ।

    डीएसपी वाइवा सिमरावासीबीच प्रशंसनीय प्रहरीकार्यका कारण चर्चामा थिइन् । उनले जेठ पहिलो साता शान्ति टोलस्थित खेल मैदानमा आयोजित व्यापार तथा सांस्कृतिक महोत्सवमा तोकिएको समयसीमा उल्लंघन भएपछि हस्तक्षेप गरेकी थिइन् ।

    प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो । तर, आयोजकले राति ९ बजेसम्म टिकट बेचिरहेका थिए । राति भोजपुरी गायक सुनिल पण्डितले गीत गाइरहँदा डीएसपी वाइबा आफैँ स्टेजमा पुगेर माइक खोस्दै साउण्ड सिस्टमको तारसमेत झिकिदिएकी थिइन् ।

    यो घटनाबाट उनी स्थानीयवासीबीच प्रशंसित थिइन् ।

     

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १०:१८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij